दफा ४७
सुशासन (व्यवस्थापन तथा सञ्चालन) अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसकोपरिणाम
सुशासन (व्यवस्थापन तथा सञ्चालन) अध्यादेश, २०६२ निष्क्रिय भएपछिअर्को अभिप्राय नदेखिएमा सो निष्कृयताले,–(क) सो अध्यादेश निष्क्रिय हुँदाका बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरापनि जगाउने छैन ।
(ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिमरीत पुर्याई अघि नैगरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन ।
(ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन ।
(घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्ने छैन ।
(ङ)माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायकासम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि शुरु गर्न,चालू राख्न वा लागू गर्न सकिनेछ ।